नदीमा माछा मार्न गएका युवकको हात्तीको हमलामा मृत्यु

खोरीबारी : नदीमा माछा मार्न गएका एकजना युवकको जङ्गली हात्तीको हमलामा मृत्यु भएको छ। उक्त घटना खोरीबारी ब्लकको बुढागञ्जको डाङ्गरभिटा इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार लापाई मार्डी नाम गरेको युवक आज बिहान टुकरिया जङ्गल संलग्न नदीमा माछा मार्न गएको समय हात्तीको हमलामा परेर मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर टुकरियाझाड वन विभागका कर्मी र खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। घटनाको खबर पाएर सिलगढी महकुमा परिषद्का अधिकारी किशोरी मोहन सिंह र पञ्चायत सदस्य घटनास्थलमा पुगेका थिए। वन विभागको तर्फबाट मृतक व्यक्तिको परिवारलाई सहयोग गर्ने किशोरी मोहन सिंहले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *