नदीमा नुहाउन गएका युवकको डुबेर मृत्यु

अलिपुरद्वार: साथीहरूसित नदीमा नुहाउन गएका एकजना युवकको नदीमा डुबेर मृत्यु भएको छ। मृतक युवक अलिपुरद्वारको शान्तिनगर निवासी राहुल मजुमदारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज राहुल र तिनका 4 जना साथीहरू नोनाई नदीमा नुहाउन गएका थिए। नदीमा नुहाइरहेको समय अचानक राहुललाई पानीको बहाउले बगाएर लग्यो। स्थानीय मानिसहरूको सहयोगमा युवकलाई उद्धार गरेर अलिपुरद्वार रेलवे अस्पतालमा लगे तापनि चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *