नदी तट दखल गरेर बिक्री गरेको आरोपमा 2 जना पक्राउ

फुलबारी:  फुलबारीको महानन्दा नदीको तट दखल गरेर बिक्री गरेको आरोपमा एनजेपी थाना पुलिसले 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू दीपु सरकार र दीपक महन्त सामेल छन् भने ती दुईजना फुलबारी र सिलगढीको 32 नम्बर वार्ड निवासी हुन्। प्राप्त जानकारीअनुसार केही दिन अघिदेखि सिलगढी र सिलगढी संलग्न इलाकाको सरकारी जमिन तथा नदीको तट बिक्री गर्ने अवैध व्यवसाय चलिरहेको थियो। यसपछि मुख्यमन्त्रीको निर्देशपछि पुलिस प्रशासनले अभियान चलाएर आज फुलबारी महानन्दा नदी तट दखल गरेर बिक्री गरेको आरोपमा दुईजना पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *