नगद राशि फुटबल टुर्नामेन्टको फाइनलमा चाँद एफसी तीनधारे विजयी

खरसाङ: खरसाङको तीनधारे-महानदी समष्टि अन्तर्गत जोगमाया चियाबारीमा भइरहेको नगद राशि फुटबल टुर्नामेन्टको फाइनल खेल आज चाँद एफसी तीनधारे बनाम युनाईटेड घैयाबारीमाझ सम्पन्न भयो। जोगमाया चियाबारी युवाहरूको आयोजनामा सम्पन्न फुटबल टुर्नामेन्टको उक्त फाइनल खेलमा चाँद एफसीले 2-0 को अन्तरले जितेर उपाधि हात पारेको छ। पहिलो हाफको खेलमा नै चाँद एफसीले 2 गोल गरी बढ़त बनाएका थिए। घैयाबारीले पनि गोल गर्ने लगातार प्रयास गरे तापनि चाँद एफसीको रक्षापङ्क्तिले गोल हुनमा रक्षा गर्न सफल बने। दोस्रो हाफको खेलमा पनि कुनै गोल गर्न नसकेपछि चाँद एफसी 2-0 को अन्तरले विजय बन्यो। विजेता टोली चाँद एफसीलाई ट्रफीसहित नगद राशि 50 हजार प्रदान गरियो भने उप विजेता टोली घैयाबारी युनाइटेडलाई ट्रफीसहित 30 हजार प्रदान गरियो। यस फाइनल खेलमा उत्कृष्ट गोल किपरको रूपमा माइकल एफसीको गोल किपर मिनाल दुराल, सर्वोच्च गोलदाताको रूपमा अरुण तामाङ, म्यान अफ् द म्याच चाँद एफसीको 12 नम्बर जर्सीधारी रोनिङलाई प्रदान गरियो।


आजको फाइनल खेलमा निर्णायकको रूपमा सुरज मगर तथा सह निर्णायकमा गोबिन मगर र प्रभाकर मगर रहेका थिए भने फाइनल खेलमा मुख्य अतिथिको रूपमा कारगील गैर सरकारी संस्थाका सचिव एवम् भूतपूर्व सैनिक बुद्ध तामाङ उपस्थित थिए। यसैगरी, विशिष्ट अतिथिको रूपमा युवा मोर्चाका तीनधारे-महानदी समष्टिका सभापति केवल राई, जीवन थापा, डीके तामाङ, अर्जुन योञ्जन, रमेश प्रधान, कुसाङ लामामहेश छेत्री, रञ्जन प्रधान, तीनधारे पुलिस आउट पोष्टका एएसआई विप्लव दास लगायत अन्यहरू उपस्थित थिए। कार्यक्रमलाई रबीन थापा र अञ्जय तामाङले सञ्चालन गरेका थिए। यसै फुटबल फाइनल खेलमा च्यारिटी म्याचको रूपमा युवातीहरूको खेल सम्पन्न भयो। उक्त खेल सिविटार बनाम शिवखोलामाझ सम्पन्न भयो जसमा शिवखोला 3-2 को अन्तरले विजय बन्यो। आजको फाइनल खेल विषयमा आयोजक समितिको तर्फबाट अञ्जय तामाङले पत्रकारहरूसित कुराकानी गर्दै उक्त फुटबल टुर्नामेन्ट गत 20 दिसम्बरदेखि शुरू गरिएको थियो भने टुर्नामेन्टमा मोठ 24 वटा दलहरूले सहभागिता जनाएका थिए। टुर्नामेन्टको फाइनल खेल चाँद एफसी बनाम घैयाबारी युनाइटेडमाझ सम्पन्न भयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *