नागरी धजे समष्टिबाट 8 परिवार गोजमुमोमा सामेल

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा नागरी धजे समष्टि अन्तर्गत बुथ नम्बर 298 मगरजोङ ओरेञ्ज भिल्लाका 8 परिवार भाजपा छोडेर गोजमुमोमा सामेल भएका छन्। बुथ लेबल अध्यक्ष अनिल सुब्बाको अध्यक्षतामा सम्पन्न सभालाई  सचिव मुकेश राईले सञचालन गरेका थिए। नयाँ सामेलकाहरूलाई बुथ लेबल नेतृत्वहरूले दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा समष्टि उपाध्यक्ष अमिर गुरुङ, समष्टि युवा मोर्चा अध्यक्ष कुसुम राई तथा अन्य पदाधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *