नागरी धजे समष्टिका 500 जना कृषकलाई विरुवा एवम् खेतीको सर-समानहरू वितरण

सुकेपोखरी : गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अध्यक्ष अनित थापाको सक्रियतामा हर्टिकल्चर विभाग कोलबुङद्वारा उपलब्ध गराइएको कृषि औजार फरूवा, काँटा, करनी, झिन्झिरी लगायत उन्नत प्रजातिको सब्जीको विरुवा एवम् औषधि नागरी धजे समष्टिका 5 सयजना कृषकहरूलाई आज वितरण गरियो। गोजमुमो नागरी धजे समष्टि अध्यक्ष अञ्जुल चौहान, सचिव किशोर छेत्री, केन्द्रिय सदस्य सीडी बान्तवा, महकुमा समितिका प्रमोद शर्मा, अश्विन स्याङदेन तथा समष्टिका अन्य नेतृत्वसँगै समष्टि अन्तर्गत सम्पूर्ण बूथ समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। हर्टिकल्चर विभागका जुनियर साइन्टिस निशोन भोटिया, सिनियर टेक्निकल एसिस्टेन्ट पवन प्रधान तथा सहयोगीको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रमबाट लाभान्वित बनेका कृषक लगायत समष्टिका नेतृत्वहरूले जीटीए चेयरमेन अनित थापा, गोजमुमो अध्यक्ष विनय तामाङ तथा हर्टिकल्चर विभागीय अधिकारीप्रति आभार प्रकट गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *