नागरी धजे समष्टिको पैह्रोले विस्थापित परिवारका सदस्यहरूलाई भागोप्रमो-द्वारा खाद्य सामग्री वितरण

नागरी: विगत केही दिन अघि परेको मुसलधारे पानीले नागरी धजे समष्टिको पनि धेरै ठाउँहरूमा व्यापक क्षयक्षति हुनका साथै कतिपय परिवारका सदस्यहरू विस्थापित भएर अन्यत्र आश्रय लिन वाध्य बनेका छन्। नागरी फार्म, मगरजुङ, एभनग्रोभ, धजे चियाबारी र बस्ती रहेको समष्टिका पैह्रो पिड़ित मानिसहरूलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा समष्टिको पहलमा खाद्य सामग्रीहरू वितरण गरियो।


समष्टि अध्यक्ष अञ्जुल चौहान, महासचिव किशोर छेत्री, उपाध्यक्ष चन्द्र राई र अमीर गुरुङ, सहसचिव सञ्जय गिरी, युवा शक्ति अध्यक्ष कुसुम राई, दार्जीलिङ महकुमा समिति सदस्य अश्विन स्याङदेन, योगेन प्रधान, महकुमा समितिका साङ्गठनिक सचिव प्रमोद शर्मा, सुमेन्द्र श्रेष्ठ, समष्टि मीडिया कर्मी सत्यम राई तथा अन्यको उपस्थितिमा खाद्य वितरण गरियो। यसरी विस्थापितहरूलाई सहयोग पुऱ्याएकोमा पार्टी अध्यक्ष अनित थापाप्रति समष्टिले आभार प्रकट गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *