नागरी फार्म चियाबारीमा थुप्तेन ग्याछोइलिङ गुम्बाको पुनः निर्माण गरिने

सुकेपोखरी : नागरी फार्म चियाबारीमा विगत सन् 1987मा निर्माण गरिएको थुप्तेन ग्याछोइलिङ गुम्बाको पुनः निर्माण गरिने भएको छ। गुम्बा सञ्चालन समिति, माहणिपा सङ्घ, बौद्ध तथा हिन्दु धर्मावालम्बीहरू समेतको आस्थाको प्रतिक रहेको उक्त गुम्बा मैसुरका परमपुज्य पेनार रिम्पोछेको पहलमा निर्माण गरिएको थियो। उल्लेखनीय छ, यस गुम्बामा परमपुज्य धेरै रिम्पोछेको आगमन भइसकेको छ। गुम्बा पुनः निर्माणको निम्ति आज विधिवत पुजा अर्चनासँगै आधार शीला राख्ने काम गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *