नागरी फार्म चियाबारीमा 11 दिवसीय शिव महापुराण आरम्भ

सुकेपोखरी : पेख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारी सरदार गाउँद्वारा आयोजित ११ दिवसीय शिव महापुराण आज कलश यात्राको माध्यमद्वारा शुरू गरियो। समस्त प्राणी जगतको कल्याण, सुख समवृद्धि र विश्व शान्तिको कामना गर्दै आयोजना गरिएको शिव महापुराणमा भजन-कीर्तन एवम् कथामा आधारित झाँकीहरू पनि समावेश गरिने आयोजक समितिको पक्षबाट पण्डित अम्बिका प्रसाद पौड़्यालले बताए।


कोभिड 19 -को नियम पालन गर्दै मास्क तथा सेनिटाइजरको व्यवस्था गरिएको छ भने सामाजिक दूरीलाई पनि विशेष ध्यान दिइने बताइएको छ। वाचक  पण्डित भीम कोइराला शास्त्री, उपवाचक पण्डित किशोर पौड़्याल आचार्य तथा यज्ञाचार्य पण्डित सुदर्शन भण्डारी शास्त्री रहेका यस शिव महापुराणको कलश यात्राले मन्दिर तथा गुम्बाहरूको परिक्रमा गरि शिव मन्दिर परिसरमा आयोजित पुराण स्थलमा पुगेपछि समाप्त गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *