नागरी फार्म चियाबारीमा समाज भवनको उद्घाटन

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारी अप्पर चउर गाउँ ग्राम कल्याण समाजमा नव निर्मित स्व. नरबहादुर सुन्दास स्मारक समाज भवनको आज उद्घाटन गरियो। उद्घाटन कार्यक्रममा समाज सभापति गणेश गिरी, सचिव सुषमा प्रधान तथा अन्यको उपस्थितिमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पुलिस आउट पोस्ट प्रभारी एएसआई दिपेन जोशी आदि उपस्थित थिए। स्व. नरबहादुर सुन्दासको परिवारले जमीन दान दिएपछि गाउँलेहरूको सहयोगमा निर्माण गरिएको उक्त समाज भवनको कमला सुन्दासको बाहुलीबाट उद्घाटन गरियो। यसैबीच गाउँका वरिष्ठ सदस्य एवम् ओपी प्रभारी आदिलाई सम्मान जनाउनको साथै समाजको नयाँ समिति पनि गठन गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *