नागरी फार्म चियाबारीमा कोरोनाबारे जनचेतना कार्यक्रम तथा मास्क वितरण

सुकेपोखरी : नागरी फार्म चियाबारी सरदार गाउँस्थित ओम साई राम स्वनिर्भर समूहद्वारा वन बिसौनी परिसरमा बढ्दो कोभिड महामारीबारे जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्यो। यसको साथै स्थानीय मानिसहरूलाई मास्क अनि साबुन वितरण गरियो। यस अवसरमा नागरी फार्म पुलिस आउट पोस्ट प्रभारी एएसआई दिपेन जोशी तथा अन्यको विशेष उपस्थिति रहेको थियो।


सरिता राई, हीरा प्रधान, दिपीका राई, वेदना राई, रञ्जु थापा, अनिता थापा, लक्ष्मी शर्मा, सारिका शर्मा आदिको उपस्थितिमा कार्यक्रम सम्पन्न गरियो। कार्यक्रमको दोस्रो चरणमा दलका कार्यकर्ताहरूले सरदार गाउँ निवासी बिरामी सेवा गुरूङको घरमा सर सफाइ गर्नको साथै खाद्य सामग्री प्रदान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *