नागरी फार्मका कोरोना रोगी स्वस्थ भएर फर्किए घर

सुकेपोखरी : पोख्रेबुङ ग्राम पञ्चायत तीनको नागरी फार्म चियाबारीका 31 वर्षीय पूण्यप्रकाश राईको स्वाब टेस्टको रिपोर्ट नेगेटिभ आएपछि हिजो तिनलाई सिलगढीको कोभिड अस्पतालबाट छुट्टी दिएको छ। तिनी हिज बेलुकी नागरी धजे समष्टि अन्तर्गत नागरी फार्म चियाबारी लिम्बु गाउँस्थित आफ्नो घरमा पुगे। आज सर्भिलेन्स कमिटी समष्टि संयोजक अश्विन स्याङ्देन, गोजमुमो  समष्टि अध्यक्ष अञ्जुल चौहान, सञ्जय गिरी, नागरी आउटपोस्ट प्रभारी एएसआई दिपेन जोशी लगायत गाउँलेहरूले कोरोनालाई जितेर सकुशल घर फर्किआएकोमा तिनलाई स्वागत गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *