नागरी फार्म कमानमा श्रमिक सङ्गठन एचपीडब्ल्युयू गठन

सुकेपोखरी : गोर्खा जनमुक्ति मोर्चा बिमल खेमा नागरी धजे समष्टि अन्तर्गत नागरी फार्म चियाकमानमा पार्टीको श्रमिक सङ्गठन एचपीडव्ल्युयू गठन गरिएको छ। मोर्चा शाखा अध्यक्ष धिरज खवासको अध्यक्षतामा बसेको सभामा गठन गरिएको ट्रेड युनियनमा शाखा अध्यक्ष विजय थापा, उपाध्यक्ष पालम लामा, सचिव अभिमन्यु थापा, सहसचिव पङ्कज प्रधान, कोषाध्यक्ष निर्मल मुखिया, सह कोषाध्यक्ष विशाल थापा तथा प्रमुख सल्लाहकारहरू चयन गरिएको छ । नवगठित समितिले चिया श्रमिकको हितमा डटेर कार्य गर्ने प्रतिवद्धता जनाएको छ। यसबारे प्रमुख सल्लाहकार आनन्द सुब्बाले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *