नागरी फार्ममा पैह्रोको कारण यातायात ठप्प

नागरी : नागरी फार्म चियाबारी बस स्ट्याण्डदेखि खेल मैदान हुँदै निम्न विभाग प्रवेश गर्ने मुख्य सड़कमा पैह्रो झरेको कारण यातायात सेवा ठप्प बनेको छ। उक्त पहिरो अझ बढ़ेर गएको खण्डमा स्कुल गाउँ निवासी प्रह्लाद थापाको घरलाई क्षति हुनसक्ने सम्भावना रहेको बताइएको छ। यसबारे चियाबारी प्रबन्धक, पञ्चायत विभाग तथा सम्बन्धित निकायलाई सूचित गरिएको छ। पञ्चायत इए महेन्द्र सिञ्चुरी, ओपी प्रभारी दिपेन जोशी आदिले घटनास्थलको निरीक्षण गरे। यातायातको मेरूडण्ड मानिने यस सड़कमार्गमा झरेको पैह्रो हटाउन अविलम्ब पहल गरिनुपर्ने गाउँलेहरूको माग रहेको छ। कमान पक्षले पैह्रो हटाउने व्यवस्था गरिदिने आश्वासन दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *