नागरी फार्म मोक्तान गाउँमा सभासद कोषबाट निर्माण गरिने समाज भवनको शिलान्यास

नागरी (निसं): नागरी धजे समष्टि अन्तर्गत पर्ने नागरी फार्म मोक्तान गाउँमा सभासद कोषबाट निर्माण गरिने समाज घरको आज भागोप्रमो प्रशाखा सभापति पप्पु थामी अनि मुख्य सल्लाहकार पेम्बा लेप्चाको बाहुलीबाट विधिवत शिलान्यास गरियो। जीटीए क्षेत्रीय सभासद अञ्जुल चौहानले गत जीटीए चुनाउ अवधि गाउँवासीलाई समाज भवन निर्माण गरिदिने वाचा दिएका थिए भने आज आएर तिनले आफ्नो वाचा पुरा गरेको स्तानीय मानिसहरूले बताएका छन्। गाउँको निम्ति यस्तो महत् कार्य गरिदिएकोमा जीटीए मुख्य कार्यपाल अनित थापा एवम् सभासद अञ्जुल चौहानलाई सम्पूर्ण ग्रामवासीले आभार प्रकट गरेका छन्। शिलान्यास कार्यक्रममा समष्टि भागोप्रमो सह-सचिव सञ्जय गिरी, बुथ समिति सभापति पेमा वाङ्दी तामाङ, सचिव सुमेन्द्र श्रेष्ठ, प्रशाखा सभापति पप्पु थामी, सचिव सुवर्ण प्रधान, राकेश थापा, ठेकेदार नरेश प्रधान लगायत ग्रामवासीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *