नागरिक मञ्चद्वारा जलपाईगढीमा पथ अवरोध

जलपाईगढी : जलपाईगढी नगरपालिकाको 10 नम्बर वार्डस्थित नागरिक मञ्चका सदस्यहरूले नागरिक परिसेवाबाट वञ्चित रहेको आरोप लगाउँदै आज जलपाईगढी सहरको भीआईपी रोड पुलिस लाइनमा पथ अवरोध गरे। पथ अवरोधको कारण उक्त इलाकामा यातायातमा समस्या देखापर्यो। उक्त वार्डका मानिसहरू सड़क, पिउने पानीको समस्यालगायत विविध परिसेवाहरूबाट वञ्चित रहेको नागरिक मञ्चका सदस्यहरूले आरोप लगाएका छन्। आउँदो दिनमा यदि वार्डवासीहरू नगरपालिकाको परिसेवाहरूबाट वञ्चित रहे तिनीहरूले जलपाईगढी सहरको विभिन्न मार्गहरू अवरोध गर्ने बताइएको छ। आजको पथ अवरोध अवधि 10 नम्बर वार्ड पार्षद प्रदीप दे, सुशान्त सरकार, राजेश साहालगायत इलाका मानिसहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *