नागरी फार्म चियाकमानको मेडिकल टीमलाई 2 वटा अक्सिजन कनसन्ट्रेटर प्रदान

सुकेपोखरी : लोहिया कम्पनीको चामोङ ग्रुप अफ् गार्डन अधीनस्थ रहेको नागरी फार्म चियाकमानको मेडिकल टीमलाई आज हिन्दुस्तान युनिलिभर लिमिटेड इण्डियाद्वारा प्रदान गरिएको दुईवटा अक्सिजन कनसन्ट्रेटर हस्तान्तरण गरियो। एउटा कार्यक्रमबीच हिन्दुस्तान युनिलिभर लिमिटेडद्वारा नागरी फार्म चियाकमानलाई दुईवटा कनसन्ट्रेटर प्रदान गरिएको महा प्रबन्धक शर्माले बताए। कार्यक्रममा कम्पाउन्डर भानु खवासले कनसन्ट्रेटरको उपयोगिता र यसको प्रयोग विधिबारे बताए। कार्यक्रमलाई अन्य अतिथिहरूले पनि सम्बोधन गरेका थिए। यस अवसरमा महा प्रबन्धक टीसी शर्मा, लेखा परीक्षक सौरभ दत्त, प्रबन्धक एस दर्नाल, पूर्व शिक्षक अर्जुन प्रधान, एसके बान्तावा, शिक्षक सीडी बान्तावा, एसबी राई, गोजमुमो दुई श्रमिक सङ्गठनका सञ्जय गिरी, गोरामुमोका सोनाम लामा, पुलिस आउट पोस्ट प्रभारी एएसआई दिपेन जोशी, मेडिकल प्रभारी भानु खवास, अफिस स्टाफ तथा अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *