नगरकटा क्षेत्रमा बाइसन देखा परेपछि मानिसहरू आतङ्कित

नगरकटा: डुवर्सको नगरकटा क्षेत्रमा आज बिहान एउटा जंगली बाइसन निक्लिएको घटनालाई लिएर क्षेत्रमा आतङ्कको माहौल देखियो। नगरकटा थाना अन्तर्गत राष्ट्रिय राजमार्ग बीरसा मोड़को नजिक आज बिहान एउटा बाइसन देखा परेपछि यस क्षेत्रमा मानिसहरू आतङ्कित देखिए। उक्त घटनाको खबर पाएर घटना स्थलमा पुगेका नगरकटा पुलिस तथा खुनिया रेञ्जका वनकर्मीहरूले घन्टौसम्मको लगातार प्रयास पछि उक्त बाइसनलाई जंगलतर्फ खेदाएको बताइएको छ। यसभन्दा अघि आज बिहान उक्त बाइसनलाई हेर्न राष्ट्रिय राजमार्गमा धेरै संख्यामा मानिसहरूको भीड लागेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *