नगरकट्टा ब्लकको शुक्लापारा ग्राम पञ्चायकको खेयरबाडीको 180 नम्बर बुथमा पुन: मतदान जारी

नगरकट्टा: जलपाईगढी जिल्लाको नगरकट्टा ब्लकको बुथ नम्बर 180-मा पनि आज व्यापक सुरक्षा व्यवस्थाबीच त्रिस्तरीय पञ्चायत चुनाउको लागि पुन: मतदान शान्तिपूर्वक सम्पन्न भइरहेको छ। गत 8 जुलाईको दिन सम्पन्न भएको पञ्चायत चुनाउ अवधि उक्त जलपाईगढी जिल्लाको  नगरकट्टा ब्लक अन्तर्गत बुथ सुक्लापारा ग्राम पञ्चायकको खेयरबाडी प्राइमेरी स्कुलको 180 नम्बर बुथमा केही हिंसात्मक घटना भएकोले गर्दा आज केन्द्रीय बलको सुरक्षा व्यवस्थाबीच पुन: मतदान सम्पन्न भइरहेको छ। मानिसहरूले आज चुनाउ बुथमा गएर उत्साहको साथमा मतदान गरिरहेका छन्। स्मरण रहोस, आज सम्पन्न भएको चुनाउ मतदानको परिणाम पनि भोली 11 जुलाईको दिनमा नै राज्यका अन्य ठाउँहरूमा झै हुनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *