नगरकट्टा ब्लकको भिन्न-भिन्नै ठाउँबाट दुईजनाको शव उद्धार

नगरकट्टा: नगरकट्टा ब्लकको भिन्न-भिन्नै ठाउँबाट दुईजनाको मृत देह उद्धार गरेपछि ईलाकामा सनसनी फैलिएको छ। मर्ने दुईजना मध्ये एकजनाको शव नगरकट्टा ब्लक अवस्थित होप चिया बगानमा भेट्टाइएको छ,जसलाई 46 वर्षीय सुदेश लामाको रूपमा चिन्हित गरिएको छ। तिनी होप चिया बगानको थालझोडा बजार निवासी हुन्। प्राप्त जानकारी अनुसार तिनको दिमागी हालत ठीक थिएन। पुलिसले आत्महत्या गरेको हुन सक्ने आशंका गरेको छ। तिनी गत आइतवारदेखि निखोज थिए। आज स्थानीय मानिसहरूले सुदेशको मृत देह चिया बगानको एउटा कुवामा तैरिरहेको अवस्थामा देखेपछि यसबारे नगरकट्टा पुलिस थानालाई जानकारी दिए।


घटना स्थलमा पुगेर हेर्दा पुलिसले कुवा धेरै गहिरो भएको कारणले माल बजार अग्निशमन विभागको सहयोगमा शवलाई त्यहाँबाट निकाले। अर्कोतिर, नागराकाटा स्टेशनदेखि केही टाढामा रहेको तीन नम्बर गेटको रेलवे लाइनबाट एकजना लगभग 60 वर्ष पुगेको अज्ञात वृद्ध व्यक्तिको शव उद्धार गरेको छ। माल बजार जीआरपीले शवलाई उद्धार गरेर पोस्टमर्टमको लागि अस्पताल पठाइदिएको छ। स्थानीय सूत्र अनुसार उक्त व्यक्तिको मृत्यु ट्रेनको धक्काले भएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *