नगरकट्टा क्षेत्रमा बन्दको प्रभाव, सीपीआईएम-ले निकाल्यो र्‍याली

नगरकट्टा : देशव्यापी बन्दको प्रभाव आज नगरकट्टा क्षेत्रमा पनि देखापर्यो। बन्द अवधि केही चियाबारी लगायत अन्य सबै व्यापारी प्रतिष्ठानहरू बन्द रह्यो भने राष्ट्रिय राजमार्गमा वाहनहरूको चलाचल धेरै कम्ती देखियो। आजको 12 घण्टाको बन्द अवधि कुनै अप्रिय घटना नघटोस् भन्ने उद्देश्य लिएर यहाँको ठाउँ-ठाउँमा पुलिस बलहरू तैनाथ गरिएको थियो। नगरकट्टा क्षेत्रको चियाबारीहरूमा भने आज अन्य दिनहरूझैँ कामकाज स्वभाविक नै रह्यो। भारत भोटाङ सिमान्त क्षेत्रमा पर्ने अप्पर चेङमारी चियाबारीबाट सीपीआइएमले बन्दको समर्थन जनाउँदै आज एउटा विराट र्‍याली निकाल्यो।


उक्त र्‍यालीले  लुकसान क्षेत्रको परिक्रमा गरेपछि यहाँको सीपीआईएम दलीय कार्यालयमा पुगेर समाप्त भयो। सीपीआईएम श्रमिक संगठनका श्रमिक नेता दिल कुमार उरावले आजको भारत व्यापी बन्द सफल भएको दावी गरेका छन्। श्रमिकहरुको हक अनि अधिकारको लागि लाल झण्डा जहिले पनि लडिरहने उरावले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *