नगरकट्टाको भगतपुर चिया कमानमा भालुको आतङ्क

नगरकट्टा : डुवर्स क्षेत्रको विभिन्न ठाउँहरूमा दिनदिनै भालुको आतङ्क बढ्दै गइरहेको छ। यसै क्रममा नगरकट्टा ब्लकको भगतपुर चियाबगानमा भालु देखापरेपछि उक्त क्षेत्रमा आतङ्कको माहौल छाएको छ। स्थानीय मानिसहरूको भनाइ अनुसार आज नगरकट्टा ब्लकको भगतपुर चियाबगानमा भालु निस्केर कमानका एकजना श्रमिकमाथि आक्रमण गर्ने प्रयास गरेको बताइएको छ। यसपछि स्थानीय मानिसहरूले सम्बन्धित विभागलाई यसबारे खबर दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *