नगरकट्टाको भगतपुर चियाकमानमा खोरमा फँस्यो चितुवा

मालबजार : नगरकट्टाको भगतपुर चियाकमानको कोठी लाइन श्रमिक महल्ला इलाकामा वन विभागद्वारा राखिएको खोरमा एउटा वयस्क चितुवा फँसेको छ। वन विभाग सूत्रले दिएको जानकारीअनुसार केही दिन अघि उक्त इलाकामा वन विभागद्वारा एउटा खोर लगाएको थियो भने प्रत्येक साँझ त्यहाँ चितुवा फँसाउनको लागि बाख्रा राख्ने गरिन्थ्यो। यसपछि हिजो साँझ खोरमा एउटा वयस्क चितुवा फँसेपछि यसबारे खुनिया स्क्वाडका कर्मचारीहरूलाई खबर गरियो। खबर पाएर वन विभागका कर्मीहरू घटनास्थलमा पुगेर उक्त चितुवालाई उद्धार गरेर लग्यो। उक्त चितुवालाई लाटागढी प्रकृति पर्यवेक्षण केन्द्रमा लगेर स्वास्थ्य जाँच गरेपछि जङ्गलमा छोडिदिने रेञ्जर राज कुमार लायेकले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *