नगरकट्टाको चेङमारी चियाकमान बन्द, श्रमिकहरू समस्यामा

नगरकट्टा चियाकमानमा कार्यरत 45 जनालाई सरदार पदबाट हटाएको प्रतिवादमा कमानका श्रमिकहरूले आन्दोलन शुरू गरेपछि आज बिहानदेखि डुवर्स नगरकट्टाको चेङमारी चियाकमान बन्द भएको छ। चियाकमान बन्द भएपछि उक्त कमानमा कार्यरत स्थायी र अस्थायी गरेर मोठ 8 हजार श्रमिकहरू समस्यामा परेका छन्। प्राप्त जानकारीअनुसार कमानका 45 जनालाई सरदार पदबाट हटाइएपछि तृणमूल कङ्ग्रेसका नेतृत्वहरूले हिजो गेट मीटिङ गरेर विक्षोभ प्रदर्शन गरेका थिए। तृणमूलको नगरकट्टा ब्लक सभापति मनोज मुण्डाको नेतृत्वमा गरिएको गेट मीटिङ अवधि समस्याको समाधान नभए आगामी दिनमा वृहत आन्दोलन गर्ने श्रमिक संगठनले चेताउनी दिएको थियो। यसपछि गत राति नै मालिक पक्षले कमान छोडेर गएको बताइएको छ। आज बिहान चिया श्रमिकहरू कमानमा काम गर्न जाँदा कमानको गेटमा ताला झुन्डाइएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *