नगरकट्टाको हिला चियाकमानमा मरेको हात्ती उद्धार

नगराकट्टा : नगराकट्टा ब्लक अन्तर्गत पर्ने हिला चियाकमानको 19 नम्बर सेक्सनमा खुनिया रेञ्जका वनकर्मीहरूले मरेको हात्ती उद्धार गरेको छ। स्थानीय मानिसहरूले बताएअनुसार हिजो राति जलढाका जङ्गलबाट एउटा जङ्गली हात्ती निस्केर हिला चियाकमानभित्र पस्यो। आज बिहान चियाकमानको 19 नम्बर  सेक्सनमा काम गर्न आउने श्रमिकहरूले उक्त मरेको हात्ती देखेपछि घटनाबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर वनकर्मीहरू घटनास्थलमा पुगेर उक्त मरेको हात्ती उद्धार गरेको लगेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *