नगरकट्टाको केरन चियाबारी आजदेखि बन्द

नगरकट्टा: नगरकट्टाको केरन चियाबारीका प्रबन्धन पक्षका प्रबन्धकहरू अचानक कमान छोडेर गएपछि आजदेखि कमान बन्द भएको छ। कमान बन्द भएपछि यस चियाबारीका लगभग 700 जना श्रमिकहरू आर्थिक संकटमा परेका छन्। कमान प्रबन्धन पक्षले नगरकट्टा थानामा एफआईआर दर्ता गरेर कमान छोडेको बताइएको छ। कमान बन्द भएपछि आज कमानका श्रमिकहरू प्रमुख कार्यालय अघि धरनामा बसेका छन। तिनीहरूले कमान चाँडै खोलिनु पर्ने माग गरेका छन्। स्मरण रहोस, हाल डुवर्सको धरनीपुर, रेड ब्याङ्क, सलबन्दी आदि चियाबारीहरु पनि लामो समयदेखि बन्द अवस्थामा रहेको छ । अहिले फर्स्ट फ्लसको सीजनको समय यसरी कमान बन्द हुन अति नै दु:खद बिषय बनेको भनाई रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *