नगरकट्टाको खयेरबारी गाउँमा आगलागी हुँदा एउटा घर स्वाहा

नगरकट्टा: नगरकट्टा ब्लकको सुकलापाडा ग्राम पञ्चायत अन्तर्गत खयेरबारी गाउँमा गत राति ईश्वर उरावको घर जलेर भष्म भएको छ। प्राप्त जानकारीअनुसार गत राति लगभग 8 बजीको समय घरमा कोही नभएको समय आगलागी हुँदा सम्पूर्ण घर सहित सर-समानहरू जलेर खरानी भएको बताइएको छ। घरमा आगो लाग्दै गरेको देखेपछि ईश्वर उरावकी स्वास्नी मनिषा उरावले नजिकैको कुवाबाट पानी उगाएर आफ्नो घरलाई बचाउने असफल प्रयास गरिन्। यसपछि गाउँलेहरूले घर जलेको देखेपछि आगोलाई निभ्याउने प्रयास गरे तापनि आगोले हेर्दा हेर्दै विकराल रूप धारण गरेर घर लगायत सम्पूर्ण सर-समानहरू एकै क्षणमा जलेर नष्ट भयो। पीडित परिवारका छिमेकी माक्लेस रहमानले बताएअनुसार ईश्वर उरावको घर पूर्ण रूपले डढेर खरानी भएपछि अब तिनका परिवारहरू बेघर बनेका छन्। यसैले सरकारको सम्बन्धित विभागले यथाशीघ्र तिनको घर बनाइदिने अपील गरेका छन्।   


Leave a Reply

Your email address will not be published. Required fields are marked *