नगरकट्टामा 33 लाख रुपियाँ मूल्यको गाँजा उद्धार

नगरकट्टा : नगरकट्टा पुलिसले यहाँको एकलव्य मोड़मा एउटा मालवाहक ट्रकबाट धेरै मात्रामा गाँजा उद्धार गरेको छ। उक्त घटनामा पुलिसले राज पाल नाम गरेको ट्रक चालकलाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार ट्रक त्रिपुराबाट सिलगढी हुँदै बिहारमा तस्करी गर्ने उद्देश्य लिएर उक्त गाँजा लगिरहेको थियो। गोप्य सूचनाको आधारमा पुलिसले अभियान चलाकर ट्रकलाई रोकेर छानबीन गर्दा 14 प्याकेटमा मोठ 280 किलो गाँजा उद्धार गरेको बताइएको छ। जफत गरेको उक्त गाँजाको अनुमानित बजार मूल्य 33 लाख रुपियाँ रहेको छ। उक्त अभियान अवधि बीडीओ स्मृता सुब्बा, ओसी सञ्जु बर्मन लगायत अन्य पुलिस अधिकारीहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *