नगरकट्टामा अझ 10 जनाको रिपोर्ट कोरोना पोजेटिभ

नगरकट्टा :  नगरकट्टामा अझ 10 जनाको रिपोर्ट कोरोना पोजेटिभ भेट्टाइएको छ। ती सबै प्रवासी श्रमिकहरू हुन् भने तिनीहरू महाराष्ट्र, दिल्ली, मध्यप्रदेश तथा अन्य राज्यहरूबाट घर फर्किआएका थिए। तिनीहरूलाई यहाँको सरकारी क्वारेन्टाइनमा राखेको थियो भने तिनीहरूसित अन्य कसै व्यक्तिको पनि सम्पर्क नभएको बताइएको छ। आज तिनीहरूमध्ये 10 जनाको रिपोर्ट ब्लक स्वास्थ्य विभागमा आएको छ। तथापि, तिनीहरू सबैजनाको शारीरिक स्थिति सामान्य रहेको स्वास्थ्य विभागले जानकारी दिएको छ। आजको 10 जनालाई लिएर नगरकट्टामा मोठ 27 जना कोरोना संक्रिमत भइसकेको आधिकारिक रूपमा पुष्टि भएको छ। यी 27 जनामध्ये 24 जना प्रवासी श्रमिकहरू रहेको जान्नमा आएको छ। यिनीहरूमध्ये 5 जना संक्रमित व्यक्तिहरू स्वस्थ्य भएर घर फर्किसकेका छन्। अर्कोतिर, आज कोरोना पोजेटिभ भेट्टाइएका व्यक्तिहरूलाई जलपाईगढी कोभिड अस्पतालमा भर्ना गरिएको छ। प्राप्त जानकारी अनुसार हालसम्म उक्त ब्लकभरिमा मोठ 230 जनालाई यहाँको विभिन्न क्वारेन्टाइन सेन्टरहरूमा राखिएको छ भने तीमध्ये 7 जनालाई क्वारेन्टाइन सेन्टरमा बस्ने मियाद सकिएपछि छुट्टी दिएको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *