नगरकट्टामा अवैध रम-रक्सीसहित 2 पक्राउ

नगरकट्टा :  नगरकट्टा पुलिसले अवैध रम-रक्सीसहित 2 जना व्यक्तिलाई पक्राउ गरेको छ भने एउटा ट्रक पनि जफत गरेको छ। पक्रा परेकाहरू असम निवासी साना सिंह र लीला गोगोईको रूपमा सामेल छन्। प्राप्त जानकारीअनुसार आज बिहान नगरकट्टा भानुमोडमा नाका चेकिङको समय पुलिसले एउटा ट्रक रोकेर छानबीन गर्दा 105 कार्टुन अवैध रम-रक्सी उद्धार गरेको बताइएको छ। नगरकट्टा थानाका ओसी सञ्जु बर्मनले बताएअनुसार मोठ 105 कार्टुन अवैध रम-रक्सी असमदेखि बिहारमा बिक्री गर्ने उद्देश्यले ल्याइरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *