नगरकट्टामा करेन्ट लागेर मर्‍यो वयस्क हात्ती

नगरकट्टा : नगरकट्टा ब्लाकको बामनडाङ्गा चियाकमान संलग्न खेरकाटा इलाकामा बिजुलीको सम्पर्कमा आएर एउटा वयस्क हात्ती मरेको घटना प्रकाशमा आएको छ। स्थानीय तथा वन विभाग सूत्रले दिएको जानकारी अनुसार आज बिहान मोफिजुल हक नाम गरेका एकजना व्यक्तिले सुपारी बारीमा उक्त मरेको हात्ती देखेपछि यसबारे वन विभागलाई खबर दिए। घटनाको खबर पाएर खेरकाटा बिट, खुनिया रेञ्ज तथा नगरकट्टा पुलिस घटनास्थलमा पुगे। यसभन्दा अघि पनि बामनडाङ्गा चियाकमानमा बिजुलीको झट्का लागेर एउटा हात्ती मरेको थियो। बिजुलीको करेन्ट लागेर हात्तीको मरेको मामिलामा कानुनअनुसार कार्वाही गरिने वन विभाग सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *