नगरकट्टामा नागरिक सम्मान समारोह कार्यक्रम

डुवर्स : तृणमूल कांग्रेसको तर्फबाट आज नगराकट्टा आदिवासी सांस्कृतिक चर्चा केन्द्रमा नागरिक सम्मान समारोह कार्यक्रमको आयोजना गरियो। उक्त कार्यक्रममा नगराकट्टा विधानसभा क्षेत्रका वरिष्ठ नागरिक, सामाजिक कार्यकर्ता साथै भूतपूर्व तृणमूल नेताहरूलाई सम्मान जनाइयो। "बाङ्ग्लार गर्व ममता" अन्तर्गत उक्त कार्यक्रम गरिएको बताइएको छ। कार्यक्रममा मुख्य अतिथिको रूपमा विधायक सुकरा मुण्डा, भूतपूर्व विधायक जोसेफ मुन्डा, नगराकट्टा तृणमूल ब्लक अध्यक्ष मनोज मुण्डा लगायत अन्य व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.