नगराकट्टामा नकली रम-रक्सीसहित 3 पक्राउ

नगराकट्टा: गोप्य सूचनाको आधारमा नगराकट्टा थाना पुलिसले आज नगराकट्टा राष्ट्रिय राजमार्गमा अभियान चलाएर एउटा ट्रकबाट धेरै मात्रामा नकली रम-रक्सीसहित 3 जनालाई पक्राउ गरेको छ। ओसी सञ्जु बर्मनको नेतृत्वमा नगराकट्टा पुलिसले अभियान चलाएर लगभग 10 लाख रुपियाँको नकली रम-रक्सी जफत गरेको छ। उक्त नकली रम-रक्सी मेघालयदेखि बिहारमा बिक्री गर्ने उद्देश्यले लगिरहेको बताइएको छ। आरोपीहरूलाई आज जलपाईगढी अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *