नगरकट्टामा नि:शुल्क स्वास्थ्य एवम् नेत्र जाँच शिविर

नगरकट्टा : दुईवटा संस्थाको संयुक्त पहलमा आज नगरकट्टा ब्लकस्थित भगतपुर चियाकमान इलाकामा नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरियो। सिलगढी लायन्स नेत्रालयको सहयोगमा आयोजित उक्त शिवरमा धेरै संख्यामा कमानका श्रमिकहरूले आफ्नो स्वास्थ्य एवम् नेत्र जाँच गराए भने श्रमिकहरूलाई निःशुल्क औषधि पनि वितरण गरियो। उक्त शिविरमा जाँच अवधि मोतियाबिन्द भएका श्रमिकहरूलाई सिलगढीमा नि:शुल्क अपरेशन गरिनेछ। यस अवसरमा अग्नि एचपी ग्यासका मालिक तथा समाजसेवी सञ्जय कुजूर, समाजसेवी सुकान्त बासु, नाइटेङ्गल राष्ट्रिय पुरस्कारद्वारा सम्मानित महिला स्वास्थ्य कर्मी सोनाली सामन्तलगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *