नगरकट्टामा अनलाइन हस्तशिल्प प्रतियोगिताको आयोजना

नगरकट्टा : मटेली नारी संगठन महिला संस्थाको तर्फबाट आज नगरकट्टामा अनलाइन हस्तशिल्प प्रतियोगिताको आयोजना गरियो। लकडाउनको समय  घरमा बसेका महिलाहरूको लागि सोशल मीडियाको माध्यमद्वारा उक्त प्रतियोगिताको आयोजना गरिएको थियो। जिल्लाको विभिन्न ठाउँका महिलाहरूले  उक्त प्रतियोगितामा अंशग्रहण गरेको थिए भने भोटिङको माध्यमद्वारा उत्कृष्ट प्रतियोगीहरूलाई चयन गरिएको बताइएको छ। निर्णायक मण्डलीद्वारा तीनजना उत्कृष्ट प्रतियोगीहरू क्रमैले नगरकट्टा सुखानी बस्तीकी श्रीमति ज्योति बेक प्रथम, मटेली बजारकी श्रीमति लबोनी भट्टाचार्जी दोस्रो अनि जुरन्ती चियाकमानकी झुमा मौलिक तेस्रो भइन्। वर्तमान कोभिड 19-को समयमा महिलाहरू समक्ष पुग्ने उद्देश्य लिएर अनलाइन नारी संगठन समूह बनाएर महिलाहरूलाई काउन्सिलिङ, मोटिभेशन लगायत अन्य विभिन्न प्रकारको प्रतियोगितात्मक कार्यक्रमहरूको माध्यमद्वारा तिनीहरूलाई सुरक्षित साथै तिनीहरूभित्र भएको कलालाई अघि ल्याउने प्रयास गरिरहेको तिनले बताइन्। यसको साथै अब गायन, नृत्य अनि चित्र बनाऊ प्रतियोगिताको आयोजना गरिने संस्थाकी सभापति प्रधानले जानकारी गराइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *