नगरकट्टामा रेलको धक्काले एकजना विद्यार्थीको मृत्यु, 4 जना घाइते

नगरकट्टा : नगरकट्टामा आज दिउँसो रेलवे ट्र्याक पार गरिरहेको समय रेलको धक्का लागेर एकजना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ भने तिनीसितै रहेका अन्य 4 जना विद्यार्थी घाइते भएका छन्। तिनीहरू आज बिहान स्कुलमा आइपुगेर आ-आफ्नो झोला कक्षामा राखेर नजिकैमा रेलवे लाइन पारि रहेको आफन्तको घरमा गइरहेको समय सिलगढीदेखि अलिपुरद्वार गइरहेको यात्री वाहक ट्रेनको धक्का लागेर एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य 4 जना विद्यार्थी घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरेर उपचारको निम्ति अस्पताल लगिएको छ। प्राप्त जानकारी अनुसार मृतक विद्यार्थीको रेश्मि उराव रहेको छ भने अन्य घाइतेहरूमा सरस्वती मुन्डा, लक्की उराव, प्रीतिका मुन्डा र लभली ग्वाला सामेल छन्। तिनीहरू नगरकट्टा हिन्दी उच्च माध्यमिक विद्यालयका नवौँ श्रेणीका विद्यार्थीहरू हुन् भने तिनीहरू सबैजना हिला चियाकमान निवासी रहेको थाहा लागेको छ।


(फाइल फोटो)


Leave a Reply

Your email address will not be published. Required fields are marked *