नगरकट्टामा सडक दुर्घटनामा परेर मिरिकका दुईजना युवकको मृत्यु

सिलगढी : जलपाईगढी जिल्लाको नगरकट्टाबाट घर फर्किरहेको समय गत राति सडक दुर्घटना हुँदा मिरिकका दुईजना युवकको मृत्यु भएको छ। मर्नेहरूमा मिरिक बजारका एलेक्स लामगादे (23) र सुरज गुरूङ (27) सामेल छन्। पारिवारिक सूत्रमार्फत् थाहा लागे अनुसार पर्यटकहरू लिएर कुचबिहारमा पुर्‍याएपछि त्यहाँबाट घर फर्किरहेको समय महेन्द्र बोरेलो (WB782062) वाहन दुर्घटना हुँदा त्यसमा सवार यी दुईजना युवकको मृत्यु भएको बताइएको छ। तिनीहरूको निधनपछि मिरिक बजारमा शोकको लहर छाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *