नगरकट्टामा शहीदहरूलाई श्रद्धाञ्जलि

नगरकट्टा : डुवर्स नेपाली साहित्य विकास समितिको आयोजनामा आज नगरकट्टामा श्रद्धाञ्जलि सभाको आयोजना गरियो। डुवर्स नेपाली साहित्य विकास समिति सभापति सितम मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि भारतीय गोर्खा परिसंघका राष्ट्रिय अध्यक्ष सुखमन मोक्तान, अन्य अतिथिहरूमा ललित न्यासुर, दुर्गा चामलिङ, बिनोद सुब्बा, जनार्दन थापा, अनन्त श्रेष्ठ, रुपेश शर्मा, राजेस प्रधान, रुपेश पौडेल आदि उपस्थित थिए। श्रद्धाञ्जलि कार्यक्रमको शुरूमा हालै भारत अनि चीनका सेनाहरूमाझमा भएको संघर्षमा शहीद भएकाहरूको स्मरण गर्दै एक मिनटको मौन धारन गर्नको साथै तिनीहरूलाई श्रद्धाञ्जलि अर्पण गरियो। यसपछि इन्द्रबाहदुर गुरुङको तस्वीर अघि दीप प्रज्जवलन गर्दै खदा चढाएर श्रद्धाञ्जलि दिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *