नगरकट्टामा वाहनको धक्काले एकजना व्यक्ति घाइते

नगरकट्टा : नगरकट्टा ब्लकस्थित ग्रासमोड़ चियाकमानको राष्ट्रिय राजमार्ग 31-मा एउटा वाहनको धक्काले एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइते व्यक्ति ग्रासमोड़ चियाकमानको तीन नम्बर लाइन निवासी 45 वर्षीय अरूण उरावको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारीअनुसार अरूण उरावले सड़क पार गरिरहेको समय तीव्र गतिमा आइरहेको एउटा वाहनले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। यसपछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई सुलकापाड़ा अस्पतालमा भर्ना गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *