नगरकट्टामा यात्रीवाहक बस दुर्घटनाग्रस्त

नगरकट्टा : नगरकट्टा ब्लकस्थित खुनिया मोड़को 31 सी राष्ट्रिय राजमार्गमा एउटा यात्रीवाहक बस दुर्घटनाग्रस्त भएको छ। उक्त दुर्घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको बताइएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज लगभग साढ़े 12 बजी उक्त यात्रीवाहक वाहन सिलगढीदेखि वीरपाड़ातर्फ गइरहेको समय खुनिया मोड़ नजिक अचानक बस अनियन्त्रित भएर एउटा रुखसित ठोक्कियो। घटनाबारे नगरकट्टा पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर बसलाई आफ्नो नियन्त्रणमा लिएको छ। बसको स्टेरिङ लक भएको कराण उक्त बस दुर्घटनाग्रस्त भएको पुलिसले प्राथमिक अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *