नगरकट्टा पुलिस थानामा एसआई-को पदमा आदिल लिम्बु नियुक्त

नगरकट्टाः नगरकट्टा पुलिस थानामा एसआई-को पदमा आदिल लिम्बु नियुक्त भएर आएका छन्। पुलिस प्रशिक्षिणपछि तिनको यहाँ प्रथम सरकारी सेवा रहेको बताइएको छ। तिनले दिएको जानकारी अनुसार 2019 सालमा पुलिस एसआई-को परीक्षा उतीर्ण गरेपछि प्रशिक्षण समाप्त गरेर नगरकट्टा पुलिस थानामा एसआई-को पदमा नियुक्त भएको बताए। तिनको शिक्षा प्राथमिक स्तरदेखि दार्जिलिङ पहाडमै भएको तथा 2015 सालमा तिनले दार्जिलिङ सरकारी महाविद्यालयबाट स्नातकको डिग्री हासिल गरेका थिए। पिता भारतीय सेना कार्यरत रहेकोले गर्दा सानै उमेरदेखि तिनी देशको सेवा गर्न चाहन्थे। यसैले स्नातक परीक्षा उतीर्ण गरेपछि पुलिस सेवाको लागि भर्ना भएर हाल एसआई पदमा रहेको तिनले बताए। दृढ संकल्प र सटीक मार्ग दर्शन भए लक्ष्य हासिल गर्न सक्ने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *