नगरनिगम बोर्डले एक वर्ष पुरा गरेकोमा रिपोर्ट कार्ड सार्वजनिक गरिने, मेयरले गरे बैठक

सिलगढी : तृणमूल कङ्ग्रेसले 2022-को सिलगढी नगरनिगमको चुनाउमा जीत हासिल गरेर नगरनिगम बोर्ड गरेको थियो। आगामी 22 फरवरीमा तृणमूल परिचालित नगरनिगम बोर्डले एक वर्ष पुरा गर्नेछ। एक वर्ष पुरा भएको अवसरमा कार्यक्रमको माध्यमद्वारा नगरनिगमले विभिन्न विकासमूलक कार्यको रिपोर्ट कार्ड प्रकाशित गर्नेछ। यस विषयलाई लिएर आज मेयर गौतम देवले सिलगढीका डेपुटी मेयर, मेयर परिषद, नगर कमिश्नर, काउन्सिलर तथा नगरनिगमका अन्य विभागका अधिकारीहरूसित एउटा बैठक गरे। उक्त बैठकमा रिपोर्ट कार्ड प्रकाशित गर्ने विषयलाई लिएर चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा मेयरले भने, आगामी 22 फरवरीमा नगरनिगम बोर्डले एक वर्ष पुरा गर्नेछ। त्यस दिन नगरनिगमको रिपोर्ट कार्ड प्रकाशित गरिनेछ। यसको साथै साथै यसै साताको शनिबार हुने टक टु मेयर कार्यक्रममा टक टु मेयरको रिपोर्ट कार्ड पनि प्रकाशित गरिनेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *