नगरनिगम व्यर्थ रहेको आरोप लगाउँदै वामफ्रन्ट-द्वारा धरना, नगरनिगमलाई संग्रहित हस्ताक्षर ज्ञापन

सिलगढी : सिलगढी नगरनिगम व्यर्थ रहेको आरोप लगाउँदै आज जिल्ला वामफ्रन्टले धरना प्रदर्शन गर्यो। यसको साथै 21 सूत्रीय मागलाई लिएर वाम नेतृत्वहरूले नगर अधिकारीलाई एउटा ज्ञापन पत्र पनि चढायो। वामफ्रन्टको आरोप अनुसार नगर परिसेवा प्रदान गर्न वर्तमान नगरनिगम बोर्ड व्यर्थ रहेको छ। नगर परिसेवा प्राप्त गर्न सहरवासीहरूलाई निक्कै समस्या भइरहेको छ। यसैले जिल्ला वामफ्रन्टले नगरनिगमको व्यर्थतालाई उजागर गर्दै एक महिनाव्यापी हस्ताक्षर अभियान चलायो। वामफ्रन्टले लगभग 56 हजार मानिसहरूको हस्ताक्षर संग्रह गरेको छ। उक्त संग्रह गरेको हस्ताक्षरको ज्ञापन चढाउनको लागि जिल्ला वामफ्रन्टले आज सिलगढीको बाघाजतीन पार्क संलग्न इलाकामा धरना प्रदर्शन गर्यो। यस अवसरमा वामनेता अशोक भट्टाचार्य, जीवेश सरकार, समन पाठक, तापस गोस्वामी लगायत अन्य उपस्थित थिए। उक्त कार्यक्रम अवधि कुनै प्रकारको झै-झगडा नहोस् भन्ने उद्देश्य लिएर विशाल पुलिस वाहिनी तैनाथ गरिएको थियो। वामफ्रन्टका नेता, कार्यकर्ता तथा समर्थकहरू आज र्‍यालीको माध्यमद्वारा नगरनिगम जाने क्रममा पुलिसद्वारा बीचैमा तिनीहरूलाई रोकिदियो। यसपछि वामफ्रन्टको एउटा प्रतिनिधि टोली नगरनिगम गएर ज्ञापन पत्र चढायो। यस अवसरमा अशोक भट्टाचार्यले भने, तृणमूलद्वारा सञ्चालित नगरनिगम बोर्डले डबल इञ्जिनमा काम गर्ने वाचा गरेर सिलगढी नगरनिगमको सत्तामा आयो। तर डबल इञ्जिन त परै जाओस् सिङ्गल इञ्जिनको परिसेवा प्रदान गर्न पनि वर्तमान बोर्ड व्यर्थ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetJojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren siteleriptvmatbetmatbetimajbetgrandpashabetvdcasinopusulabetholiganbetjojobetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet güncel girişjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasibomcasibomgrandpashabetcratosroyalbet girişesbet girişcratosroyalbetbetpuan girişgrandpashabetmatbet güncel girişmatbetimajbetpusulabetsuperbetinpusulabet güncel girişbetciobetpuangrandpashabetwbahis girişwbahisgrandpashabettambetbetsalvador girişbetsalvadorjojobetjojobetgrandpashabetgrandpashabet girişgrandpashabet girişsuperbetin giriştaraftarium24deneme bonusu veren sitelermegabahis Built with ❤︎ by appycodes