नगरनिगम क्षेत्रको विकासमा उत्तर बंगाल विकास विभागले सहयोग गर्ने, मन्त्री उदयन गुहासित मेयरले गरे बैठक

सिलगढी (निसं)सिलगढी नगरनिगम क्षेत्रहरूमा उत्तर बंगाल विकास विभागको सहयोगमा केही विकासमूलक कार्य गरिने भएको छ। यसै विषयलाई लिएर आज सिलगढीका मेयर गौतम देवले उत्तरकन्यामा उत्तर बंगाल विकास मन्त्री उद्यन गुहासित एउटा बैठक गरे। उक्त बैठकमा मेयरले सहरको केही विकास कार्यहरूलाई लिएर मन्त्रीलाई एउटा प्रस्ताव दिए। उत्तर बंगाल विकास विभागको तर्फबाट लगभग 20 करोड रुपियाँ आवन्टित गरिने बताइएको छ। उक्त रुपियाँले सहरमा सडकहरूको विकास लगायत अन्य कार्य गरिने भएको छ। यसको साथै वार्ड नम्बर 34 –मा ब्रिजको निर्माण गरिने भएको छ। मन्त्री उदयन गुहाले भने, सिलगढी नगरनिगम क्षेत्रको विकासको लागि रुपियाँ आवन्टित गरिनेछ। उत्तर बंगाल विकास विभागले उत्तर बंगालमा सडकहरूको विकास तथा नयाँ ब्रिज निर्माणको कार्य गर्नेछ। यसबाहेक ग्रामीण क्षेत्रहरूमा सोलर लाइट जडान गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *