नगरनिगम चुनाउ स्थगित हुनसक्ने सम्भावना

सिलगढी : पश्चिम बङ्गाल राज्यमा बढ्दो कोरोनाको संक्रमणले गर्दा सिलगढी नगरनिगम लगायत राज्यका अन्य ठाउँहरूमा हुने नगरपालिका चुनाउ स्थगित हुनसक्ने सम्भावना देखापरेको छ। चुनाउ आयोग कमिशनले गत केही दिन अघि जारी गरेको दिशा निर्देश अनुसार सिलगढी नगरनिगम लगायत अन्य कतिपय ठाउँहरूमा आगामी 22 जनवरीको दिन चुनाउ हुने घोषणा गरेपछि हाल विभिन्न राजनैतिक दलका प्रार्थीहरू चुनाउ प्रचार गर्न व्यस्त देखिए तापनि लगातार बढ्दो संक्रमणलाई ध्यानमा राखेर कोलकाता उच्च न्यायालयले नगरनिगम तथा नगरपालिका चुनाउ केही समयको निम्ति स्थगित गर्न सक्ने आशंका गरिएको छ। प्राप्त जानकारी अनुसार कोरोना संक्रमणलाई ध्यानमा राखेर कोलकाता उच्च न्यायालय पश्चिम बंगाल राज्यको चुनाउ आयोगलाई पूर्व घोषित मितिमा नगरनिगम चुनाउ गराउन सम्भव छ अथवा छैन भन्ने विषयमा आगामी 48 घण्टाको अवधिमा कोलकाता उच्च न्यायालयलाई जानकारी गराउने निर्देश दिएको छ। उक्त जारी निर्देशमा चुनाउ मितिलाई 4 देखि 6 हप्तासम्म स्थगित गर्न सकिने विषयमा पनि उल्लेख गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *