नगरनिगम चुनाउको मुखैमा मन्त्री गौतम देवले वितरण गरे जमिनको पट्टा

सिलगढी : सिलगढी नगरनिगमको चुनाउ हुन अब केही दिन मात्र बाँकी रहेकोले विभिन्न वार्डका मानिसहरूसितको सम्बन्ध प्रगाढ गर्नको साथै मानिसहरूलाई  आफ्नो पार्टीमा आकर्षित गर्नको लागि तृणमूल कांग्रेसले केही नयाँ रणनीतिहरू तयार गरेको छ। यसै क्रममा राज्यका पर्यटन मन्त्री गौतम देवले सिलगढी नगरनिगमका 2, 4, 5, 45, 46 र 47 नम्बर वार्डहरूमा घुमेर आज विविध विकास कार्यहरूको योजनासँगै मानिसहरूलाई तिनीहरूको जमिनको पर्जा पट्टा वितरण गरे। सिलगढीमा दिन्दिनै चुनाउको तापक्रम बढ्नको साथै विभिन्न राजनैतिक पार्टीहरू आउँदो नगरनिगम चुनाउको पर्खाइमा रहेको देखिन्छ। यसैगरी, राज्यको सत्तारूढ पार्टी तृणमूलले यसपल्टको चुनाउमा विजय हासिल गरेर नगरनिगम दखल गर्ने प्रयास गर्दै मानिसहरूलाई आफूहरूतिर आकर्षित पार्न विभिन्न परियोजनाहरूको उद्घाटन गर्नको साथै केही वार्डहरूमा जमिनको पट्टा वितरण गर्ने कार्य गरिरहेको छ। आज  मन्त्री गौतम देवले सर्वप्रथम एउटा कार्यक्रमबीच 5 नम्बर वार्डबाट शुरू गरेपछि 4 नम्बर वार्डमा 2 परिवार, 5 नम्बर वार्डमा 20 परिवारलाई जमिनको पट्टा वितरण गरे। यसैगरी, 47 नम्बर वार्डको पनि परिभ्रमण गर्दै त्यहाँ 2 परिवारलाई जमीनको पट्टा दिए। यसबाहेक 46 नम्बर वार्डमा 10 परिवारलाई, 45 र 2 नम्बर वार्ड मिलाएर मोठ 10 परिवारलाई पनि जमीनको पट्टा वितरण गरे। यस अवसरमा मन्त्री गौतम देवले मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशाअनुसार आज सिलगढीका  विभिन्न वार्डहरूमा मानिसहरूलाई जमीनको पट्टा  वितरण गरेको बताए। यसको साथै धेरै समय अघिदेखि सरकारी जमीनमा बस्दै आइरहेका अन्य परिवारका सदस्यहरूलाई पनि चाँडै जमीनको पट्टा वितरण गरिने तिनले आश्वासन दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *