नगरनिगम चुनाउको मिति घोषणा हुनसाथ महकुमाशासकले गरे सर्वदलीय बैठक

सिलगढी : सिलगढी नगरनिगम चुनाउको मिति आगामी 22 जनवरीको दिन घोषणा गरिएको छ। चुनाउको मिति घोषणा हुन साथ हिजो सिलगढी महकुमाशासक श्रीनिवास भेङ्कटराव पाटिलले विवेकानन्द भवनमा सबै राजनैतिक पार्टीका प्रतिनिधिहरूसित एउटा सर्वदलीय बैठक गरे। उक्त बैठकमा चुनाउको मनोनयन पत्र जम्मा गर्ने लगायत चुनाउ विषयलाई लिएर विभिन्न नियमहरूबारे महकुमाशासकले उपस्थित विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूसित कुराकानी गरे। उक्त बैठकमा तृणमूल कङ्ग्रेस, भाजपा, वामफ्रन्ट तथा कङ्ग्रेसका प्रतिनिधिहरू उपस्थित थिए। बैठकमा विभिन्न राजनैतिक दलका प्रार्थीहरूले चुनाउ प्रचारको लागि के-कति रुपियाँ खर्च गर्न सक्नेछन् साथै सम्बन्धित विषयलाई लिएर विस्तृत जानकारी नगराएकोले राजनैतिक नेताहरूले असन्तुष्टि व्यक्त गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *