नगरनिगम चुनाउको मिति घोषणापछि सिलगढीमा भाजपाको देवाल लेखन शुरू

सिलगढी : राज्य चुनाउ आयोगले सिलगढी नगरनिगम चुनाउको मिति आगामी 22 जनवरी घोषणा गरेपछि विभिन्न राजनैतिक पार्टीले देवाल लेखन कार्य शुरू गरेको छ। यसै क्रममा सिलगढी नगरनिगम अन्तर्गत पर्ने 15 नम्बर वार्डको राजा राममोहन राय रोडमा आज बिहानैदेखि भाजपाको तर्फबाट देवाल लेखन शुरू गरेको छ। यस अवसरमा सिलगढीका विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन लगायत भाजपाका अन्य कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *