नगरनिगम चुनाउको मुखैमा भाजपा छोडेर धेरैजना तृणमूलमा सामेल

सिलगढी : सिलगढी नगरनिगम चुनाउको मुखैमा धेरै संख्यामा भाजपाका सदस्यहरू आफ्नो पार्टी छोडेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। सिलगढीको सुकान्तपल्ली र सूर्यसेन कोलनीमा दुईवटा योगदान कार्यक्रमको आयोजना गरेर धेरै संख्यामा भाजपाका सदस्यहरू तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। पार्टीका नेता गौतम देवले ती सामेलहुनेहरूलाई दलीय झण्डा प्रदान गरेर आफ्नो पार्टीमा स्वागत जनाए। यस अवसरमा गौतम देवले भने, भाजपा तथा सीपीएम होइन तृणमूल कङ्ग्रेसले नै नगरनिगम चुनाउमा जीत हासिल गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *