नगरनिगम चुनाउको मुखैमा भाजपा र सीपीआईएमका दुईजना पूर्व काउन्सिलर तृणमूलमा सामेल

सिलगढी : सिलगढी नगरनिगम चुनाउको ठिक अघि भाजपा र सीपीआईएमका दुईजना पूर्व काउन्सिलर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। दार्जिलिङ जिल्ला तृणमूल कार्यालयमा आज सिलगढीको 8 नम्बर वार्डको भाजपाका पूर्व काउन्सिलर खुशबु मित्तल र 26 नम्बर वार्डको सीपीआईएमका पूर्व काउन्सिलर दीपायन राय तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। तृणमूलमा सामेल भएपछि दीपायन रायले भने, तृणमूल नेत्री ममता ब्यानर्जीको विविध विकासमूलक कार्यले गर्दा प्रेरित भएर आज आफू सीपीआईएम पार्टी छोडेर तृणमूलमा सामेल भएको हो। अर्कोतिर, खुशबु मित्तलले आफ्नो वार्डमा विकासमूलक कार्य गरेर राम्रो वार्ड निर्माण गर्ने उद्देश्यले भाजपा छोडेर तृणमूलमा सामेल भएको बताइन्। 2015 सालमा वामफ्रन्टले जीत हासिल गरे तापनि 8 नम्बर वार्डमा विकासमूलक कार्यहरू त्यति नभएको बताए। आफ्नो पार्टी छोडेर आज तृणमूलमा सामेल हुने दुईजना पूर्व काउन्सिलरले नगरनिगम चुनाउको टिकट पाउनेछन् अथवा छैनन् भन्ने विषयमा पार्टीको राज्य नेतृत्वहरूले निर्णय लिइने तृणमूल नेतृत्वहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *